27 December 2009

गजल

गजल मलाई तेत्ति आउदैन र पनि पडन सारै मन लाग्छ!अनि अग्रज ब्लगर मित्रहरुको ब्लगतिर कहिलेकाही फुर्सदको समयमा छिर्दा राम्रा-राम्रा मन छुने गित गजलहरु पस्कनुभएको हुन्छ!अनि तिनै गजलहरूको सब्दहरु पड्दा कता-कता दुई चार हरफ लेखौ-लेखौ लाग्छ तर सब्द नै भेट्दीन त्यै पनि आज धेरै दिनको प्रयासमा दुई चार शब्द कोर्ने कोषिस गर्दैछु हेरौ कत्तिको सफल हुन्छु!!!!!!!!!

परेलीमा आँसु झारी धेरै-धेरै रोंए
छाती भित्र घाउ पारी धेरै-धेरै रोए
बिछोडमा तिम्रो माया नमेटीदा खेरी
जिन्दगीमा सधै हारी धेरै-धेरै रोंए!
तुवालोले तिमि हिंड्ने बाटो छेकिदिदा
सम्झी-सम्झी मुटु खारी धेरै-धेरै रोंए!
भेट्न मन हुदा पनि तिमि डाँडा पारी
वर्षा लाग्दा माया लागी धेरै-धेरै रोंए!
उदास यो मन भित्र चस्कि-चस्की पोल्दा
दुखेका ति ब्याथा लुकाई धेरै-धेरै रोंए!

26 December 2009

मान्छे

आफु बाची अरुलाई पनि बाच्न
सिकाउने आदर्स हौ तिमि मान्छे!
निस्वार्थ भावले सेवा र सिक्षा दिने
सेवक हौ तिमि मान्छे!
प्रलोभन र प्रपंचामा परी जसो-तसो गर्ने
कर्ता हौ तिमि मान्छे!
स्वार्थि भावले ब्रम्हलुट गरी कसैको जीवन संग खेलवाड गर्ने
खेलाडी हौ तिमि मान्छे!
भबिस्य बाणी गरी आफ्नो भबिस्य उज्ज्वल पार्न खोज्ने
धन्य हौ तिमि मान्छे!
भावनाको सतहमा पौडेर दिवा सपना देख्ने
भाबुक पनि हौ तिमि मान्छे!
अनि आस्वासन र आस्था लाई आत्मसाथ गर्ने
आस्तिक पनि हौ तिमि मान्छे!
अनि हरपल आफ्नो ईच्छा साकार पार्न खोज्ने
ईर्सालु पनि हौ तिमि मान्छे!

17 December 2009

टुक्रिन नसकेका मेरा आशाहरु

टुक्रिएको तारको स्वर जस्तै
बिधुवाको सिउदो जस्तै
अनि उद्दरातको सिरसिर जस्तै
आर्यघाटको ब्याथारुपी मेरा आशाहरु
गुड़ीयाले जस्तै खेलाएको
अनि जिउदो हुदै जलाएको
हास्दा-हास्दै रुवाएको
मेरा यी खोक्रा आशाहरु
फाशिको डोरीबाट भएपनि
बन्दुकको गोलीबाट भएपनि
अनि-अनि मृत्युको बोलीबाट भएपनि
जिउदो लाशबाट बच्ने मेरा यी आशाहरु
तर-तर
अब नबाच्लान मा जस्ता जिउदो लाशहरु
अनि नहास्लान टुक्रिन नसकेका आशाहरु

08 October 2009

कबिता

हामि नेपालि
बाच्दछौ हामि युगौयुगसम्म हिमाली छायामा
बाल्दछौ दिप ननिभ्ने गरी अधेरी रातमा!!

अविरल यात्रा मेट्दछौ थकाई हिमाली काखमा
चिनाई छाड्छौ यो सान्तिक्षेत्र बिस्वको माझमा !!

जुटेर हामि गर्दछौ पुरा ति कार्य अधुरा
झुकाउन कोहि चाहांनौ हामि बिस्वको टाकुरा !!

सान्तिको सन्देस बुद्दको देश नेपालि पन हो
बिरको सन्तान हट्दैनौ पछी पबित्र मन यो!!

आपशमा मिलि खुशीले रम्छौ देशको मायामा
बाच्दछौ हामि युगौयुगसम्म हिमाली छायामा !!
श्रोत: मधुपर्क

04 October 2009

कविता

"एम्बुसमा माया"


प्रगति राई (भोजपुर हाल काठमान्डौ! )


उसको अनुहार ठ्याक्कै मिलेन
रगत मिलेन र विचार मिलेन
मात्रै मिल्यो प्रेम गर्ने बानी
जो,शिलापत्र जत्तिकै अ मिट छ
जो,एम्बुस जत्तिकै खतर्नाक पनि छ - मेरो लागि

दिमागले निर्णय गर्न नसकेपछि
प्रेम र कर्तव्यलाई तर्कको तराजुमा राखेर हेरें

प्रेमले भन्छ-
"किन्न नसकिने खुशी
अनुदान पाएको हस्ताक्षर छ - त्यहाँ
सयौं दु:ख भुलेर, पसिनाले आर्जेको
मायाको बस्ती छ - त्यहाँ
त्यो बस्तीमा,
बढ्दो उत्साहका घरहरू छन्
फक्रँदो रहरका कोपिलाहरू छ्न्
र,गुमाउनै नमिल्ने सपनाहरू गर्भिनी छ्न्
प्रेम हावाजस्तो भावना रहेन अब
इतिहास,थालनी र अन्त्य सहितको
मान्छेजस्तै एक विशेष जाति भैसक्यो
अब, प्रेमको संघीयता देऊ"

प्रेमले स्तालिनको तर्क लिएर
मलाई नालिस हाल्छ ।

कर्तव्यले भन्छ-
"म यहाँसम्म आइपुग्नुका बाटाहरू
तह-तहका अपमानले यस्तरी थिचिएको छ कि-
मैजस्ता मान्छेहरूले मेरो रगतलाई फिका बनाएको छ
मैजस्ता मान्छेहरूले मेरो इतिहासलाई कुल्चेर रखेको छ
तिनकै बगैँचामा मेरो प्रेम फूलेछ
जहाँ म एम्बुस पड्काउन चाहान्थें ।


हामीजस्तै मान्छेहरूले किन मायाको महत्व बुझेनन्?
हामीजस्तै मान्छेहरूले किन रगतको सम्बन्ध बुझेनन्
मान्छेहरूबिच जातीय असमान्ताको यति गहिरो खाल्डो खनेर
एघारौँ शताव्दीदेखि
त्यो- शंकराचार्यले
त्यो- जयस्थिति मल्लले
या, मैथिली ब्राम्हणहरूले
मेरो एतिहास जलाएर
मेरो आस्थाको पीठ भत्काएर
अहिलेसम्म मलाई टेकिरहेछ
म बुझ्दछु ,
मेरो युद्दमैदानमा फक्रेको फूल हो - माया
सयौं जातीय संकिर्णतालाई बारूदमा भुटेर
मायालाई बचाउनु छ
सायद, म जन्मनुको अर्थ पनि यहिनेर छ"

आज, मैले यति बुझें-
माया मान्छेको अस्तित्व हो
माया मान्छेको कमजोरी पनि

लाग्छ-
जातीय युद्द जितेको दिन
विजयको गर्विलो छाति उपहार लिएर
मजस्तै सयौं मान्छे
प्रेमीसामु आइपुग्नेछन्

माया!
त्यतिञ्जेल
प्रेमको यो बस्ति सम्हाली राख्न्नू
(भोजपुर हाल काठमान्डौ! )